Section 25
वैदेशिक रोजगारको करार गर्नु पर्ने
: (१) रोजगारदाता संस्था वा निजको प्रतिनिधि र कामदार तथा इजाजतपत्रवाला र कामदारबीच वैदेशिक रोजगारका लागि प्रस्थान गर्नुअघि सम्बन्धित मुलुकमा कामदारको सुरक्षाको स्थिति, रोजगारका सेवा, शर्त तथा दुवै पक्षले पालना गर्नु पर्ने शर्त र कामदारले पाउने पारिश्रमिकको सम्बन्धमा कामदारलाई स्पष्टसँग बुझाई करार गर्नु पर्नेछ ।
(२) इजाजतपत्रवालाले उपदफा (१) बमोजिमको करार नेपाली भाषामा अनुवाद गरी दुई प्रति विभाग समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो करारको प्रति विभागले प्रमाणित गरी एक प्रति विभागमा राख्नु पर्नेछ र अर्को प्रति कामदारलाई दिनु पर्नेछ ।